काठमाडौं : रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल टेलिकमका सम्पूर्ण कर्मचारीहरूको तर्फबाट दुई करोड २ लाख २६ हजार ६६ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको छ।
भदौ २२ गते प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले उक्त रकम माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिन् । नेपाल टेलिकमले संस्थागत रूपमा समेत केही दिनभित्रै थप सहयोग गर्नेछ।