Below Menu

प्रतितोला दुई हजार ४०० रुपैयाँले घट्यो सुन, चाँदीको मूल्य स्थिर 

प्रतितोला दुई हजार ४०० रुपैयाँले घट्यो सुन, चाँदीको मूल्य स्थिर 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार ४०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ५००  रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ९६५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

बिहिबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख २० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।