Below Menu

सानिमा बैंकले १० प्रतिशत लाभांश दिने 

सानिमा बैंकले १० प्रतिशत लाभांश दिने 

काठमाडौं : सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको भदौ ११ गते सोमबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्तापूँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४ रुपैयाँको आधारमा लाभांश वितरण गर्न लागेको हो । प्रस्तावित लाभांशमध्ये शेयरधनीहरुले एक अर्ब ३५ करोड ८१ लाख ५२ हजार ५४१ रुपैयाँ नगद लाभांश पाउनेछन्।

त्यस्तै, बैंकले अग्राधिकार शेयरधनीलाई शेयर बाँडफाँट भएको मितिदेखि आर्थिक वर्षको अन्त्यसम्मको अवधिका आधारमा समानुपातिक रूपमा करसहित ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको अग्राधिकार शेयर पुँजी २ अर्ब रुपैयाँ छ।

अग्राधिकार शेयरधनीका लागि ५ करोड २४ लाख ३८ हजार ३५६ रुपैयाँ लाभांश छुट्याइएको छ। यस आधारमा बैंकले साधारण र अग्राधिकार शेयरधनीलाई गरी कुल एक अर्ब ४१ करोड ५ लाख ९० हजार ८९७ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

सञ्चालक समितिले प्रस्तावित लाभांशसहित बैंकको वित्तीय विवरण अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय गरेको छ । राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र प्रस्तावित लाभांश वितरण हुनेछ ।

थप समाचार