काठमाडौं : साताको चौथो कारोबार बिहिबार दिन शेयर बजार झिनो अंकले घटेकोे छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १.०४ अंकले घटेर २५५७.३१ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ३५.९२ अंकले घटेर २५५८.३५ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १४६ कम्पनीको शेयरमूल्य बढेको छ । भने ११८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा तीन अर्ब ७८ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा चार अर्ब ७७ करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज शिवम् सिमेन्ट कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २० करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज अप्पर हेवा खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.४५ प्रतिशतले घटेको छ ।