Below Menu

केबिएल सेक्युरिटिजले ७.५ प्रतिशत नगद लाभांश दिने, असोज २ गते बोलायो साधारणसभा 

केबिएल सेक्युरिटिजले ७.५ प्रतिशत नगद लाभांश दिने, असोज २ गते बोलायो साधारणसभा 

काठमाडौं : केबिएल सेक्युरिटिज लिमिटेडले असोज २ गते दोस्रो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्तावसहित साधारणसभा गर्ने निर्णय गरेको हो । 

उक्त सभा कुमारी बैंकको केन्द्रीय कार्यालय टंगाल काठमाडौंमा बिहान ११ बजे शुरु हुने छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने, लेखापरीक्षक प्रतिवेदनसहित वित्तीय विवरणमा छलफल गर्ने र चालु आर्थिक वर्षका लागि बाह्य लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्ने छ । 

यसका साथै सभाले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको करसहित ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले भदौ ११ गते एक दिनका लागि शेयरधनी किताब खाता (बुक क्लोज) गर्ने भएको छ । जसअनुसार उक्त मितिसम्म कायम शेयधनीहरुले कम्पनीको साधारणसभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । 
 

थप समाचार