काठमाडौं : साताको दोस्रो कारोबार मंगलबार दिन शेयर बजार सामान्य अंकले घटेकोे छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.३० अंकले घटेर २५९४.२७ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से १९.१३ अंकले घटेर २५९९.५८ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ७८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज बजारमा चार अर्ब १० करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा तीन अर्ब २३ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज मकर जितु माया सुरी हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ९० करोड सात लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १४.९९ प्रतिशतले बढेको छ । आज धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.८३ प्रतिशतले घटेको छ ।