काठमाडौं : सानिमा बैंक लिमिटेड कोष प्रवर्द्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित सानिमा ग्रोथ फण्डले इकाईधनीलाई ५ प्रतिशत नगद प्रतिफल वितरण गर्ने भएको छ।
योजना व्यवस्थापक सानिमा क्यापिटलको भदौ ५ गते साँझ साढे ३ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि इकाईधनीलाई करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रतिफल वितरण प्रयोजनका लागि भदौ १८ गते एक दिन फण्डको दर्ता किताब बन्द गरिने भएको छ। त्यसअनुसार भदौ १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका इकाईधनीले उक्त प्रतिफल प्राप्त गर्नेछन्।
सानिमा ग्रोथ फण्ड बन्दमुखी प्रकृतिको योजना हो। योजनाको कुल आकार ६७ करोड २५ लाख ३२ हजार ६०० रुपैयाँ रहेको छ। गत असार मसान्तसम्म योजनाको खुद सम्पत्तिको मूल्य प्रतिइकाई १० रुपैयाँ ५४ पैसा रहेको थियो।