Below Menu

भेन्चर हायर पर्चेजले १५ प्रतिशत लाभांश दिने, सर्वसाधारणमा आईपीओ पनि जारी गर्दै 

भेन्चर हायर पर्चेजले १५ प्रतिशत लाभांश दिने, सर्वसाधारणमा आईपीओ पनि जारी गर्दै 

काठमाडौं : भेन्चर हायर पर्चेज लिमिटेडले भदौ ३० गते दशौँ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्तावसहित साधारणसभा गर्ने निर्णय गरेको हो । 

उक्त सभा कम्पनीको दर्ता कार्यालय पानीपोखरी काठमाडौंमा दिउँसो ३ बजे शुरु हुने छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने, लेखापरीक्षक प्रतिवेदनसहित वित्तीय विवरणमा छलफल गर्ने र चालु आर्थिक वर्षका लागि बाह्य लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्ने छ । 

यसका साथै सभाले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश वितरण गर्ने र सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) जारी गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ । 

आइएमई ग्रुप अन्तर्गतको वित्तिय कम्पनी भेन्चर हायर पर्चेज नेपाल राष्ट्र बैंकबाट हायर पर्चेज कारोवार गर्न  इजाजत प्राप्त संस्था हो । ३० करोड चुक्ता पुँजी रहेको कम्पनीले अहिले बजारमा दुई अर्व भन्दा बढी लगानी गरेको छ। 

लगातार ४ बर्ष देखि नाफामा रहेको कम्पनीलाई आगामी  दिनमा पब्लिक लिमिटेड कम्पनी बनाउने र छिट्टै आईपिओ समेत निस्कासन गर्ने तयारी गरेको छ ।