Below Menu

सिटिजन लाइफ इन्स्योरेन्सको नाफा शतप्रतिशतले बढ्यो, बीमा कोषको आकार २७ अर्बमाथि

सिटिजन लाइफ इन्स्योरेन्सको नाफा शतप्रतिशतले बढ्यो, बीमा कोषको आकार २७ अर्बमाथि

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्सले लिमिटेडले गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार इन्स्योरेन्सले ३९ करोड आठ लाख चार हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

उक्त नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०६.६३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १८ करोड ९१ लाख ३६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

असार मसान्तसम्म आइपुग्दा कम्पनीको खुद बीमाशुल्क बढेसँगै कर्जा तथा लगानीबाट हुने आम्दानी बढ्दा नाफा बढेको हो । साथै कम्पनीको कुल आम्दानी बढेका कारण पनि नाफामा सुधार देखिएको हो ।

यस अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी ७.८९ प्रतिशतले बढेर दुई अर्ब तीन करोड ९५ लाख रुपैयाँ पुगेको छ । अघिल्ले वर्ष कम्पनीले लगानी तथा कर्जाबाट एक अर्ब ८९ करोड चार लाख रुपैयाँ आम्दानी गरेको थियो । 

यस अवधिमा कम्पनीले ११ अर्ब १८ करोड ५० लाख रुपैयाँ कुल आम्दानी गरेको छ । उक्त रकम अघिल्लो आवको तुलनामा २१.५९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले ९ अर्ब १९ करोड ८७  कुल बीमा शुल्क आर्जन गरेको थियो ।

असार मसान्तसम्म कम्पनीले आ७ अर्ब ९७ करोड ७१ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । बीमाशुल्क अघिल्लो वर्षको तुलनामा २५.८७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष इन्स्योरेन्सले सात अर्ब १३ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीले अधिकर्ता कसिशनवापत ८४ करोड ४० लाख रुपैयाँ खर्चिएको छ । जुन अघिल्लो वर्षको तुलनामा १७.७३ प्रतिशतले बढी हो । अघिल्लो वर्षको असार मसान्तसम्म कम्पनीले अभिकर्ता कमिशनमा ७२ करोड ५४ रुपैयाँ खर्चिएको थियो ।

पुस मसान्तसम्म आइपुग्दा नाफा बढेसँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ । यस अवधिमा इन्स्योरेन्सको इपीएस बढेर ७.८२ रुपैयाँ पुगेको छ  । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ १३१.६० रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ५५.६७ गुणा रहेको छ ।

यस अवधिमा कम्पनीको जीवन बीमा कोषमा २७ अर्ब दुई  करोड ६६ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार ३६.१२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो रकम १९ अर्ब ८५ करोड ४८ रुपैयाँ रहेको थियो ।

असार मसान्तसम्म पाँच अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको शेयर प्रिमियममा ४४ करोड ९६ लाख रुपैयाँ, महाविपत्ती कोषमा २६ करोड ९४ लाख  रुपैयाँ र रिटेन्ड अर्निङ्गमा ४९ करोड ८३ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा आइपुग्दा कम्पनीको जगेडा कोषमा भने अघिल्लो वर्षको तुलनामा ५६.६९ प्रतिशतले घटेर ४९ करोड ८३ लाख ४० हजार रुपैयाँ झरेको छ । कम्पनीले यस अवधिमा ८ अर्ब ९१ करोड २७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने कुल खर्च १० अर्ब ७९ करोड ४२ लाख रुपैयाँ पुगेको छ ।

थप समाचार