Below Menu

राजस्व सुरक्षा र व्यापार सहजीकरणमा भन्सार एजेन्ट महासंघको प्रतिबद्धता

राजस्व सुरक्षा र व्यापार सहजीकरणमा भन्सार एजेन्ट महासंघको प्रतिबद्धता

काठमाडौं : भन्सार एजेन्ट महासंघ नेपालले कानूनबमोजिमको भन्सार जाँचपास प्रणाली कार्यान्वयनमा पूर्ण प्रतिबद्धता जनाएको छ।

भन्सार विभागले हालै जारी गरेको परिपत्रको स्वागत गर्दै महासंघले नियुक्तिपत्र प्राप्त इजाजतप्राप्त भन्सार जाँचपास प्रतिनिधिमार्फत मात्रै जाँचपास प्रक्रिया सञ्चालन हुनुपर्नेमा जोड दिएको छ।

महासंघले अनधिकृत व्यक्तिको संलग्नता, इजाजतपत्रको दुरुपयोग तथा गैरकानुनी अभ्यासको आफूले विरोध गर्ने स्पष्ट पारेको छ। विभागको निर्देशनले भन्सार जाँचपासमा पारदर्शिता, उत्तरदायित्व र सुशासन कायम गर्न सहयोग पुग्ने महासंघको भनाइ छ।

महासंघले कानून कार्यान्वयनका क्रममा देखिने व्यवहारिक तथा संरचनागत कठिनाइलाई तथ्य र अनुभवका आधारमा सरकार तथा भन्सार विभागसँग संस्थागत संवादमार्फत समाधान खोज्ने जनाएको छ।

राजस्व सुरक्षा, वैध व्यापार सहजीकरण र आधुनिक तथा उत्तरदायी भन्सार प्रशासन निर्माणमा सरकारलाई आवश्यक सहयोग गर्न महासंघ प्रतिबद्ध रहेको जनाएको छ।

थप समाचार