Below Menu

कामना सेवा विकास बैंकको लाभांश घोषणा 

कामना सेवा विकास बैंकको लाभांश घोषणा 

काठमाडौं : कामना सेवा विकास बैंक लिमिटेडले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेय।रधनीहरुलाई करसहित १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

बैंकले अग्राधिकार शेयरधनीहरुलाई अग्राधिकार शेयर बाँडफाँड भएको मितिबाट असार मसान्त, २०८३ सम्म अनुपातिक रुपमा ९ प्रतिशत र साधारण शेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।  

बैंकले हाल कायम चुक्ता पुँजी चार अर्ब २१ करोड १९ लाख ३० हजार ८१४ दशमलव ९४ रुपैयाँमध्ये अग्राधिकार शेयर पुँजी ३५ करोड रुपैयाँमा बाँडफाँट भएको मितिदेखि असार मसान्त २०८३ सम्म अनुपातिक रूपमा ९ प्रतिशतका दरले हुन आउने एक करोड ४० लाख ६७ हजार ९२३ दशमलव २९ रुपैयाँ लाभांश प्रस्ताव गरेको हो ।

बैंकले साधारण शेयर पुँजी ३ अर्ब ८६ करोड १९ लाख ३० हजार ८१४ रुपैयाँ ९४ पैसाको १५ प्रतिशतले हुन आउने ५७ करोड ९२ लाख ९५ हजार ६२२ रुपैयाँ २४ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिने छ । 
 

थप समाचार