काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, कोष प्रबद्र्धक तथा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको “रिलायबल सामूहिक लगानीकोष” अन्तर्गत सञ्चालित रिलायबल समृद्धि योजना-२ का इकाइहरू नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साउन २२ गते सूचीकृत भएका छन् ।
नेपाल धितोपत्र बोर्डबाट २०८३ साल वैशाख ३ गते सार्वजनिक निष्कासनको स्वीकृति प्राप्त गरेको उक्त योजनाको इकाइहरूको अन्तिम बाँडफाँट २०८३ साल असार ४ गते सम्पन्न भएको थियो । कुल १२ करोड ५० लाख इकाइ रहेको यस बन्दमुखी सामूहिक लगानी कोषको प्रति इकाइ अंकित मूल्य रु. १० तथा कुल कोष आकार रु. १ अर्ब २५ करोड रहेको छ। योजनाको अवधि १० वर्ष रहनेछ।
योजनाका इकाइहरू साउन २२ गते नेप्सेमा सूचीकृत भएका हुन् भने दोस्रो बजारमा कारोबार साउन २५ गतेदेखि सुरु हुनेछ । रिलायबल समृद्धि योजना-२ ले व्यावसायिक कोष व्यवस्थापनमार्फत लगानीकर्तालाई दीर्घकालीन पुँजी वृद्धि तथा सन्तुलित प्रतिफल प्रदान गर्ने लक्ष्य राखेको छ ।