काठमाडौं : एमबीएल इक्विटी फण्डले प्रतिफल वितरण गर्ने घोषणा गरेको छ । माछापुच्छ्रे क्यापिटलको बिहिबार बसेको बैंठकले गत आर्थिक वर्षको मुनाफाबाट इकाइधनीलाई प्रतिफल वितरण गर्ने घोषणा गरेको हो ।
सो बैठकले एमबीएल इक्विटी फण्डका इकाईधनीलाई कर सहित ८ प्रतिशत अर्थात नौ करोड ७३ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।
साथै लाभांश विरण प्रयोजनका लागि फण्डले भदौ २ गते एक दिनका लागि इकाइ दर्ता किताव बन्द हुने जनाएको छ । जसअनुसार भदौ १ गतेसम्म कायम इकाईधनीले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन् ।