लक्षित वर्गको निःशुल्क उपचार सहजीकरणका लागि स्वास्थ्य मन्त्रालयद्वारा सम्पर्क व्यक्ति तोकियो

लक्षित वर्गको निःशुल्क उपचार सहजीकरणका लागि स्वास्थ्य मन्त्रालयद्वारा सम्पर्क व्यक्ति तोकियो

काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई उपलब्ध गराइने निःशुल्क उपचार सेवाको प्रभावकारी कार्यान्वयनका लागि विभिन्न अस्पतालसँग समन्वय, सेवा सहजीकरण तथा सूचना आदान-प्रदानलाई व्यवस्थित बनाउन डा. नवराज जोशीलाई सम्पर्क व्यक्ति (फोकल पर्सन) तोकेको छ।

‘लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३) बमोजिम विभिन्न अस्पतालसँग आवश्यक सूचना आदान–प्रदान,उपचारसम्बन्धी समन्वय तथा सेवा सहजीकरण गर्न उहाँसँग ९८५१४६००३७ नम्बरमा सम्पर्क गर्न अनुरोध छ।

यस व्यवस्थामार्फत सेवा प्रवाहसँग सम्बन्धित आवश्यक समन्वय, सूचना आदान–प्रदान तथा उपचारसम्बन्धी सहजीकरण एकीकृत रूपमा हुनेछ।

यो व्यवस्थाले लक्षित वर्गलाई उपलब्ध गराइने १० प्रतिशत निःशुल्क शैय्या सेवा तथा विपन्न नागरिक उपचार सहायता कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहज हुनेछ। 

थप समाचार