दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकममा सामान्य सुधार 

दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकममा सामान्य सुधार 

काठमाडौं : साताको चौथो कारोबार दिन बिहिबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १३.८२ अंकले घटेर २६५४.१५ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से ४.७९ अंकले बढेर २६६७.९७ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ६४ कम्पनीको शेयरमूल्य बढेको छ । भने २०२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज बजारमा चार अर्ब ६२ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा चार अर्ब ४० करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज रिडि पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ५८ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो हो । आज एलएस होराइजन १२ को शेयरमूल्य ६.५० प्रतिशतले घटेको छ । 
 
 
 

थप समाचार