सुनको मूल्य प्रतितोला तीन लाख नजिक, एकैदिन तोलामा आठ हजार रुपैयाँले बढ्यो 

सुनको मूल्य प्रतितोला तीन लाख नजिक, एकैदिन तोलामा आठ हजार रुपैयाँले बढ्यो 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्यमा भारी वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला आठ हजार रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ९५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ५७० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
 
बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो । 

थप समाचार