सामान्य अंकले बढ्यो शेयर बजार, चार अर्ब ४० करोडमा समेटियो कारोबार 

सामान्य अंकले बढ्यो शेयर बजार, चार अर्ब ४० करोडमा समेटियो कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४.७९ अंकले बढेर २६६७.९७ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से २१.१५ अंकले घटेर २६६३.१८ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १२२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।  

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ । आज बजारमा चार अर्ब ४० करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा चार अर्ब सात करोड आठ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज साेलु हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ५८ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा सोलु हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १४.९९ प्रतिशतले बढेको हो । आज एभरेष्ट कलर लिमिटेडको शेयरमूल्य ९.०३ प्रतिशतले घटेको छ ।