नेपाल लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत  

 नेपाल लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत  

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेले कम्पनीको ५ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार कम्पनीको ५ प्रतिशत बोनसपछिको ४५ लाख १४ हजार ३८१ दशमलव ६० कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।