बीमा सुधारका लागि ९० दिनको कार्यादेशसहित समिति गठन

बीमा सुधारका लागि ९० दिनको कार्यादेशसहित समिति गठन

काठमाडौँ : अर्थ मन्त्रालयले बीमा क्षेत्रको सुधारका लागि अध्ययन गरी सुझाव पेस गर्न तीन सदस्यीय समिति गठन गरेको छ।

Sponsored Advertisement

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णयबाट सुशील कुमार ओझाको संयोजकत्वमा समिति गठन गर्नुभएको हो। समितिमा सहदेव तिवारी र श्रीकृष्ण थापा मगर सदस्य रहेका छन्।

समितिलाई बीमा क्षेत्रको समग्र सुधारका लागि आवश्यक अध्ययन गरी ९० दिनभित्र सुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।

थप समाचार