काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १२.९६ अंकले बढेर २६८५.५४ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से १६.२९ अंकले घटेर २६७२.५८ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १८० कम्पनीको शेयरमूल्य बढेको छ । भने ८२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ । आज बजारमा तीन अर्ब ७५ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा तीन अर्ब ३८ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज रिडि पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १७ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा एभरेष्ट कलर लिमिटेड कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज बोटलर्स नेपाल (तराई) लिमिटेडको शेयरमूल्य ५.३३ प्रतिशतले घटेको छ ।