काठमाडौं : साताको चौथो कारोबार दिन बिहिबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १६.२९ अंकले घटेर २६७२.५८ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से ७.७९ अंकले घटेर २६८८.८८ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ५९ कम्पनीको शेयरमूल्य बढेको छ । भने २०६ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा तीन अर्ब ३८ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा चार अर्ब २ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २४ करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा एभरेष्ट कलर लिमिटेड कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कालिञ्चोक हाइड्रोपावरको शेयरमूल्य ११.२३ प्रतिशतले घटेको छ ।