कुमारी बैंकको दुई लाख ५८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

कुमारी बैंकको दुई लाख ५८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं : कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा कायम रहेको दुई लाख ५८ हजार २०९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले उक्त शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो । 

बैंकले उक्त शेयर संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिन भित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल नक्साल वा बैंकको प्रधान कार्यालय टंगालमा आइपुग्ने गरी आवेदन पेश गर्न सक्नेछन् ।

साथै सो शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ । साथै तोकिएको समयमा शेयरधनीहरुबाट कुनै पनि आवेदन पेश हुन नआएमा सो शेयर संस्थापक भन्दा बाहिर बिक्रीको प्रक्रिया अगाडी बढाइने बैंकले जनाएको छ ।

थप समाचार