सुनको मूल्य बढ्यो, चाँदीको भाउ सस्तियो 

सुनको मूल्य बढ्यो, चाँदीको भाउ सस्तियो 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ३१० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ३२० रुपैयाँमा कारोबार भएको थियो । 

थप समाचार