प्रभु बैंकको ४१ हजार ९०० कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा 

प्रभु बैंकको ४१ हजार ९०० कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा 

काठमाडौं : प्रभु बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा कायम रहेको ४१ हजार ९०० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले उक्त शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो । 

यसअघि बैंकले संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको थियो । उक्त शेयरमा संस्थापक शेयरधनीहरुबाट कुनैपनि आवेदन नपरेपछि  संस्थापक भन्दा बाहिर शेयर बिक्रीको प्रक्रिया अगाडी बढाएको बैंकले जनाएको छ ।

उक्त शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले १५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय बबरमहलमा आवेदन पेश गर्न सक्नेछन् ।  

थप समाचार