मल आपूर्ति सहज बनाउँदै सरकार, ६० हजार मेट्रिक टनभन्दा बढी मल भित्रिने क्रममा

मल आपूर्ति सहज बनाउँदै सरकार, ६० हजार मेट्रिक टनभन्दा बढी मल भित्रिने क्रममा

काठमाडौं : रोपाइँको मुख्य समयमा मा युरिया र डि.ए.पी. रासायनिक मलको माग बढेसँगै सरकारले मलको आपूर्ति सहज बनाउन थप आयात प्रक्रिया  अगाडि बढाएको छ।

विश्व बजारमा आपूर्ति समस्या र पश्चिम एशियामा उत्पन्न भू-राजनितिक तनावका कारण मल आयातमा चुनौति देखिएपछि नेपाल सरकारले भारतसँगको सरकारी-सरकारी (जीटुजी) व्यवस्था मार्फत थप मल ल्याउने तयारी गरेको थियो।

आ.व २०८२/८३ मा मल पश्चिम एशियामा भएको राजनितिक तनावका कारण मल आउन कठिनाई रहेतापिन मन्त्रालय, कम्पनी र आपूर्ति कर्ताको प्रयास स्वरुप ग्लोबल टेन्डरबाट खरिद भएको डि.ए.पी. ३०,००० मेट्रिक टन  र युरीया ३०,००० मेट्रिक टन गत आषाढमा नै कलकत्ता आईपुगेको।

त्यस पश्चात (जीटुजी) बाट खरिद गरिएको २०,००० मेट्रिक टन  डिएपी र ग्लोबल टेन्डरबाट खरीद गरिएको ३०,००० मे.टन युरिया समेत साउनको पहिलो हप्तामा र अर्को ३०,००० मे.टन युरिया श्रावणको दोश्रो हप्तामा कलकत्ता आईपुगेको छ।

उक्त मलखादहरु जहाजबाट अनलोडिङ, प्याकिङ/व्यगिङ हुदै ट्रक र रेलवे मार्फत नेपालमा प्राप्त भइरहेको छ । यसरी कलकत्तामा आइपुगेको मल मध्ये हालसम्म ४,९५० मे.टन डि.ए.पी. र ७०० मे.टन नेपाल भित्रीई सकेको छ भने डि.ए.पी. २,५०० मे.टनको एक र्‍याक र युरिया २,५०० मे.टनको एक र्‍याक कलकत्तामा लोड भई नेपाल तर्फ प्रस्थान भैई भोलिसम्म नेपाल आईपुग्ने अवस्था रहेको छ।

कलकत्तामा रहको बाँकी मल क्रमशः नेपालमा भित्रने क्रममा रहेको कम्पनीले जनाएको छ । साथै गत आवमा कुल रासायनिक मल ३, ८६,००४ मे.टन बिक्री भएको छ भने चालु आवको श्रावण १२ गतेसम्म १८,९१७ मे.टन मल विक्री भएको छ।

थप समाचार