काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४.६४ अंकले घटेर २६९६.६७ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से ३३.२८ अंकले घटेर २७०१.३२ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ९८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६६ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा चार अर्ब ४२ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा छ अर्ब आठ करोड आठ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सेन्ट्रल फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २७ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा एभरेष्ट कलर लिमिटेड कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको शेयरमूल्य ६.०७ प्रतिशतले घटेको छ ।