सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा चार हजार ३०० रुपैयाँले घट्यो 

सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा चार हजार ३०० रुपैयाँले घट्यो 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार  हजार तीन सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १३५ रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ३१० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो । 

थप समाचार