प्रोग्रेसिभ फाइनान्सको दुई लाख १८ हजार कित्ता शेयर बिक्रीमा 

प्रोग्रेसिभ फाइनान्सको दुई लाख १८ हजार कित्ता शेयर बिक्रीमा 

काठमाडौं : प्रोग्रेसिभ फाइनान्स लिमिटेडले संस्थापक शेयरधनीको नाममा कायम रहेको दुई लाख १८ हजार ६९२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले उक्त शेयर संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिन भित्र सञ्चालक समिति समक्ष आवेदन पेश गर्न सक्नेछन् ।

साथै तोकिएको समयमा शेयरधनीहरुबाट कुनै पनि आवेदन पेश हुन नआएमा सो शेयर संस्थापक भन्दा बाहिर बिक्रीको प्रक्रिया अगाडी बढाइने कम्पनीले  जनाएको छ ।

थप समाचार