उच्च अंकले घट्यो शेयर बजार, छ अर्ब आठ करोडमा समेटियो कारोबार 

उच्च अंकले घट्यो शेयर बजार, छ अर्ब आठ करोडमा समेटियो कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३३.२८ अंकले घटेर २७०१.३२ बिन्दुमा बन्द भएको हो । शुक्रबार नेप्से ७.९० अंकले बढेर २७३४.६३ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ३६ कम्पनीको शेयरमूल्य बढेको छ । भने २३४ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज पाँच कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा छ अर्ब आठ करोड आठ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार नेप्सेमा छ अर्ब २६ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज रिलायन्स स्पिनिङ मिल्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३३ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा एभरेष्ट कलर लिमिटेड कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १४.९९ प्रतिशतले बढेको छ । आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १३.३८ प्रतिशतले घटेको छ । 
 
 
 

थप समाचार