काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७.९० अंकले बढेर २७३४.६३ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १५२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १०९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा छ अर्ब २६ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा चार अर्ब ६९ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज रिडि पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३० करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा एभरेष्ट कलर लिमिटेड कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १४.९९ प्रतिशतले बढेको छ । आज सानिमा बैंक डिबेञ्चरको शेयरमूल्य ८.९२ प्रतिशतले घटेको छ ।