सगरमाथा लुम्बिनीले गर्यो एक वर्षमा ४.९६ अर्ब दाबी भुक्तानी, ५.४२ अर्बको प्रिमियम संकलन

सगरमाथा लुम्बिनीले गर्यो एक वर्षमा ४.९६ अर्ब दाबी भुक्तानी, ५.४२ अर्बको प्रिमियम संकलन

काठमाडौं : नेपालको अग्रणी निर्जीवन बीमा कम्पनीहरूमध्ये एक सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आर्थिक वर्ष २०८२÷८३ मा रु ५.४२ अर्ब कुल बीमा शुल्क संकलन गर्दै उल्लेखनीय व्यावसायिक सफलता हासिल गरेको छ। 

सोही अवधिमा कम्पनीले रु ४.९६ अर्ब दाबी भुक्तानी गरी आफ्ना बीमितप्रतिको प्रतिबद्धता, द्रुत सेवा तथा विश्वासलाई थप सुदृढ बनाएको छ।

पछिल्ला केही वर्षयता कम्पनीले व्यवसाय विस्तार, सेवा सञ्जालको सुदृढीकरण तथा ग्राहक पहुँचमा निरन्तर वृद्धि गर्दै उल्लेखनीय प्रगति हासिल गरेको छ। यससँगै दाबी भुक्तानी क्षमतामा समेत उल्लेखनीय वृद्धि गर्दै सलिकोले ग्राहकप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तर प्रमाणित गर्दै आएको छ।

यस अवसरमा सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री ले भने, ‘हामीमाथि निरन्तर विश्वास गर्ने सम्पूर्ण ग्राहक, अभिकर्ता, व्यवसायिक साझेदार, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गर्दछु। यही विश्वास, साथ र सहयोगले हामीलाई निरन्तर अघि बढ्न प्रेरित गरेको छ। आगामी दिनहरूमा अझ उत्कृष्ट सेवा, छिटो दाबी भुक्तानी, नवीन बीमा समाधान तथा ग्राहक केन्द्रित सेवामार्फत यस विश्वासलाई अझ सुदृढ बनाउँदै जाने हाम्रो प्रतिबद्धता रहेको छ।’

सलिकोले आगामी दिनहरूमा पनि प्रविधिमैत्री सेवा, सहज दाबी व्यवस्थापन तथा नवीन बीमा समाधानमार्फत ग्राहकलाई अझ सुरक्षित, भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्दै नेपालको बीमा क्षेत्रको दिगो विकासमा आफ्नो योगदानलाई निरन्तर अगाडि बढाउने विश्वास व्यक्त गरेको छ।

थप समाचार