काठमाडौं : धान रोपाइँको मुख्य सिजनलाई लक्षित गर्दै रासायनिक मलको आपूर्ति निरन्तर सुदृढ बनाइएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार १,२५० मेट्रिक टन डीएपी (डाइ–अमोनियम फस्फेट०)मल रक्सौल आइपुगेको छ भने कोलकाताबाट २,५०० मेट्रिक टन डीएपी बोकेको अर्को रेल रेक आज रक्सौल आइपुग्ने छ।
यसैबीच, विराटनगर भन्सारमा २५० मेट्रिक टन डीएपी मल आइपुगेको छ। थप डीएपी मल ट्रकमार्फत विराटनगरतर्फ ल्याइँदै छ । यस्तै, भैरहवा र विराटनगरका लागि ७५० मेट्रिक टन युरिया मल बोकेका ट्रकहरू हिजो नै भारतबाट नेपालतर्फ प्रस्थान गरिसकेका छन्।
उक्त मल गन्तव्यमा पुगेसँगै किसानलाई वितरण गरिनेछ ।