काठमाडौं : साताको तेस्रो कारोबार दिन बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १३.९५ अंकले घटेर २७१२.५४ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ७.२५ अंकले बढेर २७२६.४९ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ७७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज सात कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा पाँच अर्ब १८ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा छ अर्ब ६७ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज रिडि पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४२ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा एभरेष्ट कलर लिमिटेड कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १४.९८ प्रतिशतले बढेको छ । आज एनसीसी डिबेञ्चरको शेयरमूल्य ७.१६ प्रतिशतले घटेको छ ।