नेप्से परिसूचकमा सामान्य वृद्धि, कारोबार रकम साढे छ अर्बमाथि 

नेप्से परिसूचकमा सामान्य वृद्धि, कारोबार रकम साढे छ अर्बमाथि 

काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७.२५ अंकले बढेर २७२६.४९ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से ४१.७० अंकले बढेर २७१९.२४ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १०३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा छ अर्ब ६७ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा पाँच अर्ब ५१ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज रिडि पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ५७ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा एभरेष्ट कलर लिमिटेड कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १४.९८ प्रतिशतले बढेको छ । आज नबिल डिबेञ्चरको शेयरमूल्य ७.४४ प्रतिशतले घटेको छ । 
 
 
 

थप समाचार