प्रतितोला एक हजारले बढ्यो सुन, चाँदीको भाउ कति ? 

प्रतितोला एक हजारले बढ्यो सुन, चाँदीको भाउ कति ? 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ३७० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ३२० रुपैयाँमा कारोबार भएको थियो । 

थप समाचार