आरएसडिसी लघुवित्तले कमायो साढे १३ करोड नाफा, वितरणयोग्य मुनाफा ३३ प्रतिशतले बढ्यो 

आरएसडिसी लघुवित्तले कमायो साढे १३ करोड नाफा, वितरणयोग्य मुनाफा ३३ प्रतिशतले बढ्यो 

काठमाडौं : आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार लघुवित्तले यस अवधिमा १३ करोड ८२ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

Sponsored Advertisement

उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.७६ प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिसम्ममा लघुवित्तले १० करोड १८ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

असार मसान्तसम्म आइपुग्दा संस्थाको खुद ब्याज आम्दानी घटेपनि सञ्चालन मुनाफा बढेका कारण खुद नाफा पनि बढ्न पुगेको हो।

गत वर्ष २२ करोड ३६ लाख ६८ हजार रुपैयाँ रहेको कम्पनीको ब्याज आम्दानी १४.३६ प्रतिशतले घटेर १९ करोड १५ लाख ४२ हजार रुपैयाँ पुगेको छ । त्यस्तै यस अवधिमा कम्पनीको खुद फि तथा कमिशन आम्दानी भने १.४३ प्रतिशतले बढेको छ । 

त्यस्तै कम्पनीको कुल सञ्चालन आम्दानी १३.९५ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३३.६८ प्रतिशत बढेको छ।

असार मसान्तसम्म आइपुग्दा लघुवित्तको कुल वितरणयोग्य मुनाफा ३३.५८ प्रतिशतले बढेर ११ करोड ४१ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको आठ करोड ५४ लाख रुपैयाँ रहेको थियो । संस्थाको प्रति शेयर वितरणयोग्य आम्दानी ११.०४रुपैयाँ रहेको छ । 

यस अवधिमा आइपुग्दा कम्पनीको खराब कर्जा भने बढेको छ । गत वर्षको सोही अवधिमा ३ं३४ प्रतिशत रहेको संस्थाको खराब कर्जा बढेर ३.९२ प्रतिशत पुगेको छ । असार मसान्तसम्ममा लघुवित्तको ५ करोड ५८ लाख रुपैयाँबराबरको सम्भावित कर्जा नोक्सानी व्यवस्था रिभर्स भएको छ । जसका कारण नाफा बढेको हो । 

नाफासँगै संस्थाको प्रतिशेयर आम्दानी पनि बढेको छ। असार मसान्तसम्म आइपुग्दा लघुवित्तको प्रतिशेयर आम्दानी ३.५२ रुपैयाँ बढेर १३.३७ रुपैयाँ पुगेको छ। यस अवधिमा लघुवित्तको प्रतिशेयर नेटवर्थ १३१.०७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४८.६१ गुणा रहेको छ।

असार मसान्तसम्म एक अर्ब ३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा २० करोड ७१ लाख रुपैयाँ सञ्चित छ। 

थप समाचार