एशियन लाइफ इन्स्योरेन्सको २४ हजार ८९८ कित्ता संस्थापक शेयर बिक्रीमा

एशियन लाइफ इन्स्योरेन्सको २४ हजार ८९८ कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं : एशियन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनीको नाममा कायम रहेको २४ हजार ८९८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले उक्त शेयर संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिन भित्र कम्पनीको केन्द्रीय मैतिदेवी काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।

साथै तोकिएको समयमा शेयरधनीहरुबाट कुनै पनि आवेदन पेश हुन नआएमा सो शेयर संस्थापक भन्दा बाहिर बिक्रीको प्रक्रिया अगाडी बढाइने कम्पनीले जनाएको छ ।

थप समाचार