काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ६०५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ६१५ रुपैयाँमा कारोबार भएको थियो ।