सुनचाँदीको मूल्यमा भारी वृद्धि, एकैदिन तोलामा छ हजार दुई सयले बढ्यो 

सुनचाँदीको मूल्यमा भारी वृद्धि, एकैदिन तोलामा छ हजार दुई सयले बढ्यो 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्यका भारी वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला छ हजार तीन सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १८० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार  ४५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार २७० रुपैयाँमा कारोबार भएको थियो । 

थप समाचार