Below Menu
Below Menu

उद्योग मन्त्रालयमा ‘रियल टाइम ड्यासबोर्ड’ सुरु, कम्पनी दर्ताको विवरण लाइभ हेर्न सकिने

उद्योग मन्त्रालयमा ‘रियल टाइम ड्यासबोर्ड’ सुरु, कम्पनी दर्ताको विवरण लाइभ हेर्न सकिने

काठमाडौं : उद्योग तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालनमा ल्याइएको छ। सर्वसाधारणले समेत सहजै मन्त्रालयले गर्ने कामबारे जानकारी प्राप्त गर्न सकून् भन्ने उद्देश्यले उक्त ड्यासबोर्ड सञ्चालनमा ल्याइएको हो। 

उक्त ड्यासबोर्डबाट अब दैनिक रूपमा हुने कम्पनी दर्ता, उद्योग दर्ता तथा फर्म दर्तासम्बन्धी विवरण रियल टाइममै अद्यावधिक हुने भएको छ।

नेपालमा हालसम्म कति उद्योग तथा कम्पनीहरू दर्ता भएर सञ्चालनमा छन् भन्ने जानकारी सर्वसाधारणले प्राप्त गर्न यसअघि निकै कठिन हुने गर्दथ्यो। अहिले ड्यासबोर्ड सञ्चालनपछि सहजै उक्त जानकारी प्राप्त गर्न सकिने भएको छ। यसबाट आगामी आर्थिक वर्षमा प्रदेशस्तरमा हुने दर्तासम्बन्धी विवरणसमेत समावेश गर्ने मन्त्रालयको योजना रहेको छ।

ड्यासबोर्डमा हाल उद्योग विभाग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र कम्पनी रजिस्ट्रारको कार्यालयका सूचना प्रविधि प्रणालीहरू हेर्न सकिने मन्त्रालयले जनाएको छ। 

उक्त ड्यासबोर्ड मन्त्रालयको कार्यालयमा रहेको छ। साथै, अन्य सूचना प्रविधि प्रणाली नभएका निकायहरूको विवरण पनि डाइनामिक फर्मको माध्यमबाट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।

उक्त प्रणालीलाई एपीआईमार्फत एकीकृत गरी रियल टाइम डाटा उपलब्ध गराउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

Advertisment

थप समाचार