Below Menu
Below Menu

राष्ट्रिय सहकारी बैंकमा दुई विज्ञ सञ्चालकका लागि आवेदन खुला

राष्ट्रिय सहकारी बैंकमा दुई विज्ञ सञ्चालकका लागि आवेदन खुला

काठमाडौं : राष्ट्रिय सहकारी बैंकले सञ्चालक समितिका लागि दुई जना विज्ञ सञ्चालक चयन गर्न आवेदन आह्वान गरेको छ। बैंकले सूचना जारी गर्दै एक बैंकिङ विज्ञ (महिला) र एक सहकारी विज्ञ (खुला) बाट गरी दुई जना विज्ञ सञ्चालक नियुक्त गर्न इच्छुक योग्य नेपाली नागरिकबाट दरखास्त माग गरेको हो।

बैंकको विनियमावलीअनुसार सञ्चालक समिति नौ सदस्यीय रहने व्यवस्था छ, जसमा सात जना निर्वाचनबाट र दुई जना विज्ञका रूपमा चयन गरिने प्रावधान रहेको छ। सोही व्यवस्थाअनुसार गत जेठ महिनामा सम्पन्न निर्वाचनबाट सात जना सञ्चालक चयन भइसकेका छन्।

निर्वाचित सञ्चालकमध्ये लक्ष्मीप्रसाद उप्रेती अध्यक्षमा चयन भइसकेका छन् भने बाँकी दुई विज्ञ सञ्चालक पद पूर्तिका लागि सार्वजनिक रूपमा आवेदन मागिएको बैंकले जनाएको छ।

सूचनाअनुसार बैंकिङ तथा सहकारी क्षेत्रसँग सम्बन्धित उच्च शैक्षिक योग्यता, पर्याप्त अनुभव तथा विषयगत ज्ञान भएका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। इच्छुक उम्मेदवारले आफ्नो शैक्षिक योग्यता, कार्यअनुभव, तालिम तथा अन्य सम्बन्धित विवरण समेटिएको बायोडाटा पेश गर्नुपर्नेछ।

यससँगै बैंकले निर्धारण गरेको ढाँचामा एक हजार शब्दभित्र अवधारणा पत्र समेत बुझाउनुपर्ने व्यवस्था गरिएको छ। बैंकिङ क्षेत्रका विज्ञ उम्मेदवारले राष्ट्रिय सहकारी बैंकको दीर्घकालीन विकास, सुशासन, जोखिम व्यवस्थापन तथा दिगोपनासम्बन्धी विषय समेटेर SWOT विश्लेषणसहित व्यावसायिक कार्ययोजना प्रस्तुत गर्नुपर्नेछ।

त्यस्तै सहकारी क्षेत्रका विज्ञ उम्मेदवारले पनि बैंकको दीर्घकालीन रणनीति, सुशासन, जोखिम व्यवस्थापन र दिगोपनाका विषयमा SWOT विश्लेषणसहित अवधारणापत्र पेश गर्नुपर्ने बैंकले जनाएको छ।

बैंकका अनुसार उम्मेदवारको छनोट शैक्षिक योग्यता, कार्यानुभव, तालिम तथा पेश गरिएको अवधारणा पत्रलगायतका आधारमा मूल्याङ्कन गरी गरिनेछ।

Advertisment

थप समाचार