Below Menu
Below Menu

युनाइटेड अजोडले ४.५ प्रतिशत लाभांश वितरण गर्दै, असार ३१ मा साधारण सभा

युनाइटेड अजोडले ४.५ प्रतिशत लाभांश वितरण गर्दै, असार ३१ मा साधारण सभा

काठमाडौं : युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट प्रस्तावित लाभांश अनुमोदन गर्न ३२औँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको सञ्चालक समितिको ८३औँ बैठकले आगामी असार ३१ गते सभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंस्थित अम्रपाली ब्याङ्क्वेटमा बिहान १०ः३० बजे सुरु हुनेछ।

कम्पनीले हाल कायम चुक्ता पुँजी २ अर्ब ३१ करोड रुपैयाँको आधारमा कुल ४.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्ने भएको छ। यसअन्तर्गत ४.२८ प्रतिशत अर्थात् ९ करोड ९० लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.२२ प्रतिशत अर्थात् ५२ लाख १० हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने योजना रहेको छ।

प्रस्तावित बोनस सेयर पारित भएपछि कम्पनीको जारी पुँजीमा वृद्धि हुनेछ। हाल २ अर्ब ५४ करोड १० लाख रुपैयाँ रहेको जारी पुँजी बढेर २ अर्ब ६४ करोड रुपैयाँ पुग्नेछ। सोहीअनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि साधारण सभाको कार्यसूचीमा समावेश गरिएको छ।

सभाले गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गर्नेछ। साथै, चालु आर्थिक वर्ष २०८२/८३ का लागि वर्तमान लेखापरीक्षक जेबी राजभण्डारी एण्ड डिबिन्स चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिनेछ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असार १९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार असार १८ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम रहने सेयरधनीहरूले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

Advertisment

थप समाचार