Below Menu
Below Menu

म्युनिसिपल कन्फरेन्समा भाग लिन कार्यवाहक प्रमुख डंगोल इजरायल प्रस्थान

म्युनिसिपल कन्फरेन्समा भाग लिन कार्यवाहक प्रमुख डंगोल इजरायल प्रस्थान

काठमाडौं : इजरायलको तेल अभीभमा आयोजना हुने म्युनिसिपल कन्फरेन्सको दशौँ संस्करणमा भाग लिन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रवक्ता नविन मानन्धर र विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापा इजरायल प्रस्थान गरेकी छिन् । 

इजरायल सरकार विदेश मन्त्रालयको निमन्त्रणामा उहाँहरु शनिवार रातिको उडानबाट कार्यक्रमका लागि प्रस्थान गरेकी हुन् ।  ‘सफल साझेदारी (वीनिङ पार्टनरसिप)’ शीर्षकमा हुने सम्मेलनमा भाग लिन विश्वका १५० भन्दा धेरै सहरका प्रमुख, नगरपालिकाका नेताहरु, सरकारी अधिकारी, सहरी योजनाकार तथा विज्ञहरुको सहभागिता हुनेछ । 

असार ९ (भोलि), १० र ११ गते (जुन २३, २४ र २५ तारिख) गरी ३ दिन चल्ने कार्यक्रममा नेपालबाट काठमाडौँसहित पोखरा महानगरपालिका र जनकपुर नगरपालिकाका प्रमुख तथा प्रतिनिधिहरु सहभागिताका लागि गएका छन् । उनीहरु सम्मेलनसँगै आयोजना हुने प्रदर्शनी ९एक्पो०मा वृहत् व्यावसायिक भ्रमणमा सहभागी हुनेछन् । 

सहरी व्यवस्थापनका उन्नत तथा नविन प्रविधिहरू, नविन नगरपालिकाका अभ्यासहरु र स्थानीय शासनका असल तथा सफल मोडलका विषयमा आपसी ज्ञान, सिप र अनुभव आदान प्रदान गर्नु सम्मेलनको मुख्य उद्देश्य हो । यसका लागि विषयगत सम्मेलन र व्यावसायिक सञ्जाल निर्माण सत्रहरु सञ्चालन हुनेछन् । 

यो कार्यक्रम इजरायलको स्थानीय सरकार महासंघको प्रमुख वार्षिक कार्यक्रम हो । स्थानीय शासनका नेताहरु, सहरी विकास तथा व्यवस्थापनका योजनाकारहरू, नवप्रवर्तनमा काम गर्ने विज्ञहरुका बिचमा हुने छलफलबाट सहरी समस्या समाधानका लागि अत्याधुनिक प्रविधि र उपाय खोजिनेछ ।

यसका लागि फरक परिवेशका सहरी नेतृत्वमा रहनुभएका मेयरहरू र नगरपालिकाका प्रतिनिधिहरूसँग विचार आदानप्रदान, दिगो सहरी विकास, स्मार्ट सहरहरू, सार्वजनिक सेवा, नविन परियोजनाहरू अन्वेषणका लागि योजना हुन् । 

Advertisment

थप समाचार