काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १.६३ अंकले बढेर २७०२.११ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ५.०६ अंकले घटेर २७००.४७ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ११६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १७४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै पनि कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ । आज बजारमा चार अर्ब ५३ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा तीन अर्ब ४१ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज ग्लोबल आईएमई बैंक डिबेञ्चरको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३३ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा एपोलो हाइड्रोपावर कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य १४.९९ प्रतिशतले बढेको हो । आज बुंगल हाइड्रोको शेयरमूल्य १२.४५ प्रतिशतले घटेको छ ।
Advertisment