Below Menu
Below Menu

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा 

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा 

काठमाडौं : युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । असार ४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ४.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ४.२८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजननका लागि ०.२२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ।

Advertisment

थप समाचार