Below Menu
Below Menu

शिक्षाका नाममा बाहिरियो एक खर्ब २० अर्ब, खुद सेवा आय ६८ अर्बले घाटामा 

शिक्षाका नाममा बाहिरियो एक खर्ब २० अर्ब, खुद सेवा आय ६८ अर्बले घाटामा 

काठमाडौं : चालु आर्थिक वर्षको १० महिनामा नेपालले पर्यटन तथा सेवा क्षेत्रबाट प्राप्त हुने खुद सेवा आयमा उल्लेखनीय घाटा व्यहोरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बैशाख महिनासम्मको अवधिमा खुद सेवा आय ६८ अर्ब २२ करोड रुपैयाँले ऋणात्मक रहेको देखिएको छ। 

यद्यपि अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो घाटा ७२ अर्ब १८ करोड रुपैयाँ पुगेको थियो । जसको तुलनामा यस वर्ष केही सुधार देखिए पनि सेवा खाताको असन्तुलन अझै कायम छ।

सेवा खाताअन्तर्गतको प्रमुख आम्दानी स्रोतमध्ये पर्ने भ्रमण आयमा यस अवधिमा सामान्य गिरावट आएको छ। तथ्यांक अनुसार भ्रमण आय २.२ प्रतिशतले घटेर ७४ अर्ब १८ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ७५ अर्ब ८३ करोड रुपैयाँ रहेको थियो। 

चालु आवको यस अवधिमा भ्रमण व्यय ३.४ प्रतिशतले घटेर एक खर्ब ७७ अर्ब ८७ करोड रुपैयाँमा झरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो खर्च एक खर्ब ८४ अर्ब २२ करोड रुपैयाँ रहेको थियो।

भ्रमण व्ययभित्र मुख्य हिस्सा शिक्षासम्बन्धी खर्चले ओगटेको छ। विदेश अध्ययनका लागि विद्यार्थी तथा परिवारहरूले गरेको खर्च यस अवधिमा एक खर्ब २० अर्ब ५० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा शिक्षातर्फको खर्च एक खर्ब १२ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो। 

Advertisment

थप समाचार