Below Menu
Below Menu

ट्रेजरीमार्फत साढे ३१ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार 

ट्रेजरीमार्फत साढे ३१ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार 

काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत साढे ३१ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार  ३१ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

कार्यालयले १३ अर्ब ५० रुपैयाँ नवीकरण र १० रुपैयाँ नयाँ गरी २३ अर्ब ५० करोड रुपैयाँ बराबरको ९१ दिने र आठ अर्ब रुपैयाँ बराबरको १८२ दिने ट्रेजरी बिल नविकरण गर्न लागिएको हो । कार्यालयका अनुसार ९१ दिने ट्रेजरी बिल भदौ २३ गते र १८२ दिने ट्रेजरी बिल मंसिर २२ गते परिपक्क हुनेछ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले जेठ २५ गते दिउँसो ३ बजेसम्म ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् भने मंगलबार बाँडफाँट हुनेछ । कार्यालयले यसअघि जेठ १८ गते ३१ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो ।

Advertisment

थप समाचार