Below Menu
Below Menu

अन्तर्राष्ट्रिय बजारमा नेपाली मुद्रामै ‘अफसोर बण्ड’ शीघ्र जारी गरिने 

अन्तर्राष्ट्रिय बजारमा नेपाली मुद्रामै ‘अफसोर बण्ड’ शीघ्र जारी गरिने 

काठमाडौं : सरकारले अन्तर्राष्ट्रिय बजारमा नेपाली मुद्रामै ‘अफसोर बण्ड’ शीघ्र जारी  गर्ने भएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को दुवै बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै स्वच्छ ऊर्जा बण्ड र डायस्पोरा बण्ड जारी गर्ने र उपलब्ध जलवायु कोषको अधिकतम उपयोग गर्ने नीति लिएको बताए । 

हाल वैदेशिक मुद्राको सुविधाजनक सञ्चिति रहेको अवस्थामा केही प्रतिशत रकम ‘सोभरेन वेल्थ फण्ड’ का रूपमा परिचालन गर्ने नीति लिएको अर्थमन्त्रीको भनाई छ । कम्तिमा तीन महिनाको इन्धन भण्डारण, एआई फ्याक्ट्री लगायतका रणनीतिक महत्त्वका आयोजनामा लगानी गर्न ‘मातृभूमि कोष’ स्थापना गरिने बजेटमा उल्लेख छ । 

विदेशी ऋण वा लगानीमा आयोजनामा हुने विनिमय जोखिम न्यून गर्न आगामी आर्थिक वर्षदेखि उपयुक्त प्रिमियममा ’हेजिङ’ सेवा दिने व्यवस्था मिलाएको अर्थमन्त्रीले बताए । ‘पहिलो र दोस्रो सार्वभौम क्रेडिट रेटिङबाट प्राप्त नतिजामा सुधार हुने गरी अनुकूल आर्थिक वातावरण सिर्जना गर्नेछौं। नेपाललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी ’ग्रे लिस्ट’ बाट यथाशक्य छिटो हटाउने छौं’, उनले भने । 
 

Advertisment

थप समाचार