काठमाडौं : सरकारले राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको सेयर सर्वसाधारणमा निष्कासन गर्ने भएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को दुवै बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै यस्तो बताएका हुन् ।
उनले राष्ट्रिय वाणिज्य बैंकमा नेपाल सरकारको पुँजी वृद्धि गर्ने बताए । नेपाल वायुसेवा निगमलाई कम्पनीमा रूपान्तरण गरी व्यवस्थापन सुधार तथा रणनीतिक साझेदारीको उपयुक्त विधि पहिचान गर्ने बजेटमा उल्लेख छ ।
त्यस्तै जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडलाई उद्देश्य मिल्ने वित्तीय संस्थासँग गाभी पूर्वाधार क्षेत्रको विशिष्टीकृत निकाय बनाउने अर्थमन्त्रीले बताए ।
Advertisment