काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत २७३ प्रकारका औद्योगिक कच्चा पदार्थको भन्सार दर घटाउने घोषणा गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले बजेट सार्वजनिक गर्दै औद्योगिक कच्चा पदार्थमा लाग्ने भन्सार महसुल तयारी वस्तुको भन्दा कम्तीमा एक तह कम हुने गरी दर समायोजन गरिएको बताए।
त्यस्तै, विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्कसमेत खारेज गरिएको उनले घोषणा गरे। सरकारले उद्योगमैत्री वातावरण निर्माण, उत्पादन लागत घटाउने तथा स्वदेशी उद्योगलाई प्रतिस्पर्धी बनाउने उद्देश्यले यस्तो व्यवस्था ल्याएको जनाएको छ।
Advertisment